अंग्रेजी ‘नयाँ वर्ष २०१९’ को अवसरमा धरानमा फेसन नाइट हुने
पुस ३, धरान । अंग्रेजी नयाँ वर्षको अवसर पारी सुनसरीको धरानमा फेसन नाइट शो कार्यक्रम हुने भएको छ । आउँदो पुष १६ गते फेशनेवल नगरी धरानमा अंग्रेजी नयाँ वर्षको अवसरमा फेसन नाइट हुन लागेको हो ।
अमिर कला केन्द्र काठमाडाैँ तथा अंकित श्रेष्ठको संयुक्त आयोजनामा न्यू इयर इभ फेसन रनवे विथ म्युजिकल नाइट कार्यक्रम हुन लागेको हो ।
null
फेसन शो मा धरानका मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवा–युवतीहरुको सहभागीता रहनुका साथै मिस्टर पूर्वाञ्चल २०१८ का विजेता रोमन श्रेष्ठ, फस्ट रनरअप सचिन धमला, मिस्टर पुर्वाअञ्चलमै बेष्ट वाकको उपाधि जित्न सफल युनिष कार्की, हिपस्टार फेसन सोमा सहभागीता जनाइसकेका अमित आचार्यको सहभागीता रहनेछ ।
त्यस्तै ईटहरी फेसन परेड तथा एस डब्लु फेसन शोमा सहभागीता जनाइसकेकी इटहरी निवासी मोडल अनु श्रेष्ठ, मिस पूर्वाञ्चल २०१६ मा मिस पब्लिक च्वाईस हुन सफल अदिती लामाको पनि सहभागीता रहनेछ ।
मिस एसईई २०१८ मा मिस एक्टीभ उपाधि जित्न सफल स्वेता पोख्रेल, मिस्टर एसईई २०१७ मा मिस्टर पपुलर बिजयपुर कलेजद्धारा आयाजना गरीएको मिस्टर एण्ड मिसेज शोमा फ्रेसर फाईनालिष्ट तथा मिस्टर प्रश्नालिटीको उपाधी चुम्न सफल रेशम मगर लगायतका मोडलहरु सहभागी हुने कार्यक्रमका संयोजक अंकित श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा सहभागी हुनेहरुलाई अडिसनबाट छनौट गरिएको छ भने ती मोडलहरुलाई अवसर प्रदान गर्ने उद्देश्यले धरानको कार्यक्रम सकिएपछि काठमाडौँमा अडिसन लिँदै उत्कृष्ट हुनेहरुलाई अमिर कला केन्द्रले विभिन्न अवसरहरु समेत प्रदान गर्ने आयोजक तथा कोरीयोग्राफर सोनाली ताम्राकारले जानकारी दिइन् । ताम्राकारले ५ वर्षको उमेरमै नेपाली चलचित्र माझी दाई तथा हालको चलचित्र यो पागल मनमा अभिनय समेत गरिसकेकी छिन् ।
कार्यक्रमका लागि गत मंसिर २९ गते धरान ९ पुतली लाईन स्थित हाङकुक कोरीयन रेष्टुरेन्टमा अडिसन भइसकेको छ ।
धरान १० स्थित सैनिक भवनमा आउँदो पुष १६ गते हुने फाईनल शोको लागि धरान ९ स्थित नै रंगभूमि कलालयको हलमा कार्यक्रमको कोरियोग्राफर सोनाली ताम्राकारले मोडलिङ सम्बन्धी प्रशिक्षण दिइरहेकी छिन् ।