म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्हो बर्खास्त

 

पुस ३, काठमाडौँ । बेलायती फुटबल क्लब म्यानचेस्टर यूनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरिएको छ । 

प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन जारी राखेपछि मोरिन्हिोलाई बर्खास्त गरिएको हो । 

null

क्लबले मंगलबार एक विज्ञप्ती जारी गर्दै मोरिन्होलाई तत्कालै लागु हुनेगरी क्लबाट हटाइएको जानकारी दियो । ‘म्यानचेस्टर यूनाइटेडका लागि जोसेले गरेको कामका लागि धन्यवाद व्यक्त गर्दछौ र भविष्यका सफलताको कामना गर्दछौं,’ क्लबले भनेको छ। 

गत आइतबार युनाइटेड चिर प्रतिद्वन्द्वी लिभरपुलसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । जारी सिजनमा क्लबका प्रमुख खेलाडीहरुसँग प्रशिक्षकको सम्बन्ध बिग्रदै गरेको थियो। 

मोरिन्हो लुइस भान हालको स्थानमा सन् २०१६ मा क्लबमा आएका उनी दुई वर्ष पनि टिक्न सकेनन् । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *