वडाध्यक्ष ११ दिनदेखि सम्पर्कविहिन

बुटवल। अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का वडाध्यक्ष विष्णुप्रसाद भुषाल (विनोद) ११ दिनदेखि सम्पर्कविहिन भएका छन्। पुस २ गते मालारानी-२, डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क हिँडेका भुषाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका हुन्। 

गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। 

भुषाल बेपत्ता भएको पुस ३ गतेनै प्रहरी, प्रशासनमा जानाकारी गराई खोजबिन गरिदिन आग्रह गरिएपनि हालसम्म सम्पर्कमा नआएकाेले उनका दाजु जीवलाल भुसालले पत्रकार सम्मेलनगरी खोजी गरिदिनु आग्रह गरेका छन्। 

null

भाइ विनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर हिँडेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बस चालकमार्फत प्राप्त भइसकेकाे पनि दाजु जीवलालले बताए। 

सन्धिखर्क देखि गोरुसिंगेसम्मको झन्डै ३ घण्टाको समयमा फोन गर्दासम्म वडाध्यक्ष विनोदले फोन नउठाएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए।उनी फर्निचर उद्योगको लागि चाहिने सामान लिन हिँडेको आशंका गरिएपनि हालसम्म पनि सम्पर्कमा आएका छैनन्। 

वडा सचिव गंगाराम चौधरीसँग घरबाट फर्केर सन्धिखर्क आएपछि मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको बताइएकाे छ। पौष ४ गते पुन: पालिका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतको स्वीकृत बिनानै हुलाकमार्फत १३ गतेसम्मको बिदाको निवेदन पठाएर उनी घरतर्फ लागेका थिए। 

सचिव चौधरीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले  सोधपुछ गरेका छन्। वडाध्यक्ष भुषालको खोजिको निम्ति सम्पूर्ण संयत्र प्रयोग गरिएको र अनुसन्धानसमेत भइरहेको मल्लले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *