स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकियो, अर्को बैठक आजै ४ बजे

 

पुस ८, काठमाडौँ । २९ मंसिरदेखि जारी नेकपा केन्द्रीय सचिवालयको बैठक आइतबार अपरान्ह ४ बजे फेरि बस्ने भएको छ । 

स्थायी समिति बैठकमा बिहान जवाफ दिन समय अभाव भएका कारण अपराह्न ४ बजे बैठक पुन बस्ने भएको हाे । साँझको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्। 

null

बिहानको बैठकमा स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिने कार्यक्रम थियो। तर शनिबारमात्र स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा आफ्नो धारणा राखेपछि अध्यक्षद्वयले बोल्ने स्थिति नरहेका कारण बैठक फेरि बस्ने भएको हो । 

आजको बैठकमा दुई जनाले बोलेका थिए। पूर्व प्रधानमन्त्री माधव नेपालले एसिया प्यासिफिक समिटबारे आफ्नो स्पष्टीकरण दिएका थिए । पूर्व प्रधानमन्त्रीहरुले पनि सम्मान लिएको बताउँदै उनले यसपटक भने आलोचना बढेको बताए। 

आफूले जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने बारे सोच्न आग्रह गरे। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *