मिस वर्ल्डकाे ताज मेक्सिकन सुन्दरीकाे पाेल्टामा, श्रृखला टप १२ बाटै बाहिरिइन्

मंसिर २२, काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । 

उनी पेसाले मोडल हुन्। मिस वर्ल्ड २०१७- मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्। 

 

null

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । यस अघि टप ३० मा पर्न सफल भएकी श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । 

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *