नेपालमा तीन दरका भारतीय नोट नचल्ने, उद्योगले खपत गर्ने बिजुलीमा ५० प्रतिशतसम्म नगद छुट

 

मंसिर २७, काठमाडौँ । नेपालमा दुई सय, पाँच सय, र दुई हजार दरका नेपाली नोटको प्रयोगमा रोक लगाइने भएको छ । 

मन्त्रिपरिषदको सोमबारको बैठकले तीन दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । 

null

प्रवक्ता बास्कोटाले भारतीय नोटको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन्। 

नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली २०७५ स्वीकृत गरेको छ भने खानेपानी सम्बन्धी आयोजना कम समयमा नै पूरा गर्न १ सय ६७ जनको अस्थायी दरवन्दी पनि स्वीकृत भएको छ। 

त्यस्तै सरकारले कपडा उद्योग संघको माग सम्बोधन गर्न बनेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । 

कार्यदलको सुझाव अनुसार सरकारले कपडा उद्योगका लागि आयात हुने मिल मेसिनरी, स्पेयर पार्टस्, केमिकलहरुमा १ प्रतिशत मात्र कर लगाउने निर्णय गरेको हो। 

त्यस्तै उद्योगले खपत गर्ने विद्युत महशुलमा ५० प्रतिशत सम्म नगद छुट दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ। त्यस्तै उत्पादनको पचास प्रतिशत विदेश निर्यात गर्ने उद्योगलाई ५ प्रतिशत अनुदान दिने निर्णय समेत बैठकले गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *