सुर्खेतमा बस दुर्घटना, एकको मृत्यु, ४५ घाइते

मङ्सिर १५, सुर्खेत । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, कटकुवामा बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । 

वनभोज खाएर फर्कदै गरेको भे१ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । 

null

दुर्घटनाका घाइतलाई उद्धार गरी अस्पताल पठाइएको र उनीहरुको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ, माया नर्सिङ होम तथा देउती असपतालमा उपचार भइरहेको प्रहरी प्रमुख रजौरेले जानकारी दिए । 

दुर्घटनास्थलमा छ जनाभन्दा बढी गाडीमुनि च्यापिएकाले उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । जनजागृति युवा क्लब लेकबेंशी–८ गन्नेपानीको वनभोज टोली दुर्घटनामा परेको हो । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *