च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा बार्सा र रियललाई सहज, पिएसजी र युुभेन्टसलाई कठिन प्रतिस्पर्धी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक भएको छ । युरोपियन फुटबल एसोसिएसन (युईएफए)ले सोमबार सार्वजनिक गरेको ड्र अनुसार इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । 

ईटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग अन्तिम १६ को भेट पक्का गरेको छ । 

स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सको लियोनलाई प्रतिद्वन्दी पाउँदा साबिकको विजेता रियल मड्रिडले डच क्लब आयाक्ससंग खेल्ने छ । 

null

यस्तै इङ्लिस क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ । टोटेनहमले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग भिड्ने पक्का भएको छ । 

अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीले शाल्केसंग खेल्नेछ । इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्टोसंग खेल्नेछ ।  

च्याम्पियन्स लिगको अन्तिम १६ को खेलहरु होम एण्ड अवेको आधारमा हुनेछ  । अन्तिम १६ को पहिलो लेग फेब्रुवरी १२ र १३ मा हुनेछ  । यस्तै दोस्रो लेग १९ र २० फेब्रुवरीमा हुनेछ । अन्तिम आठको खेल मार्च ५ मा हुनेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *