राष्‍ट्रसंघीय शान्ति आयोगमा नेपाल निर्विरोध निर्वाचित

नेपालका साथमा इजिप्‍ट, ग्वाटेमाला, केन्या र मेक्सिको पनि आयोगको सदस्य निर्वाचित भएका छन्। १ जनवरी २०१९ देखि शुरु हुने कार्यकाल २ वर्षको हुनेछ। 

अन्तर्राष्‍ट्रिय शान्ति र सुरक्षामा दिएको योगदानको कदर गर्दै नेपाललाई एसिया प्रशान्त क्षेत्रबाट राष्‍ट्रसंघको महासभाद्वारा सर्वसम्मतिले आयोगको सदस्य निर्वाचित गरिएको हो। संयुक्त राष्‍ट्रसंघीय शान्ति मिसनमा नेपालले सेना र प्रहरी गरी पाँचौं ठूलो सुरक्षा टुकडी तैनाथ गरिरहेको छ। 

यसअघि पनि २००८-२०१० र २०११-२०१५ मा राष्‍ट्रसंघीय शान्ति आयोगको सदस्य बनेको थियो। सन् २०१० मा कार्यसमूहको अध्यक्षको जिम्मेवारी पनि वहन गरेको थियो। 

null

३१ सदस्यीय शान्ति आयोग सन् २००५ मा स्थापना भएको हो, जसको उद्देश्य युद्धग्रस्त मुलुकहरूमा पुनर्निर्माण र शान्तिका लागि एकीकृत, रणनीतिक र सामञ्‍जस्यपूर्ण पहुँच वृद्धि गराउनु हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *