वरिष्ठ न्यायाधीश जोशीमाथि प्रधानन्यायाधीशको एक्सनः भने, भविष्यमा पनि पेशी तोक्दिन
पुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ लिएकै दिनमा पहिलो एक्सन लिएका छन् । उनले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कुनै पेशी तोक्न नदिने भएका छन् ।
बुधबार पदभार ग्रहणपछि सँगको कुराकानीमा राणाले यस्तो जोशीको पेशी नतोकिएको र भविष्यमा पनि नतोकिने स्पष्ट पार्दै जोशीलाई राजीनामा दिन सुझाए । ‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’, उनले भने ।
null
प्रधानन्यायाधीश राणाले वरिष्ठ न्यायाधीश जोशीलाई अदालतलाई बन्धक नबनाउन तथा विवादमा नपारी निकास दिन आग्रह गरे । साथै राणाले न्यायप्रतिको आस्था मर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको प्रधानन्यायाधीशले जानकारी गराए ।
न्याय परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस जोशी संसदीय सुनुवाइबाट अस्विकृत भएका थिए।
ओमप्रकाश मिश्रले मंगलबारबाटै अवकाश लिएपछि ६७ वर्ष पुरानो इतिहास बोकेको सर्वोच्चको नेतृत्व अब राणाले सम्हाल्दैछन्। उनी अब करिब ४ वर्षसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन्।