राहुल गान्धीकी बहिनी प्रियंका उत्तर प्रदेशको महासचिवमा नियुक्त

 

माघ ९, काठमाडौँ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीकी बहिन प्रियंका गान्धी राजनीतिमा प्रवेश गरेकी छिन् । 

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धी र भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका भारतको उत्तर प्रदेशको महासचिवमा नियुक्त भएकि छन् । 

null

भारतमा २०१९ मा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतीय कांग्रेस पूर्वी उत्तर प्रदेशको महासचिवमा प्रियंकालाई नियुक्त गरिएको हो । 

यसैसँग उनले उत्तर प्रदेशको चुनावी नेतृत्व गर्न सक्ने बताइएको छ। 

उनले फ्रेबुअरीको पहिलो सातादेखि महासचिवको कार्यभार सम्हाल्ने बताइएको छ। 

प्रियंकालाई भारतीय कांग्रेसभित्र राहुल गान्धीभन्दा सक्षम नेतृत्वकर्ताका रुपमा लिने गरिन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *