चिसाे माैसममा बच्चाकाे जस्ताे छाला बनाउँन यसाे गर्नुहाेस्

 

पुस २० । चिसो मौसममा हाम्रो छालाहरु सुख्खा,फुस्रो र फुट्ने हुन्छ यस्तो हुँदा हाम्रो छालाहरु एकदम नराम्रो देखिन्छ । हामीले बिभिन्न प्रकारको यी फुटेको ठाउँमा लगाउने औषधी वा व्यूटी प्रोडक्डहरु लगाउँदा केही समयको लागि ठिक भएपनि छालामा मुलायम हुँदैन र फेरि केहि समयपछी फेरी फुट्ने हुन्छ । केही यस्ता घरेलु उपायहरु छन् जस्ले तपाईको छालाको सुरक्षा गर्नुको साथै बच्चाको जस्ताे राम्रो छाला बनाउन मदत गर्दछ । 

छाला मुलायम र बच्चाको जस्तो गर्न यसो गर्नुहोस्महजाडोमा मह कुनै औषधि भन्दा कम हुँदैन । मह खानाले ईम्युन सिस्टम मजबूत हुन्छ ,त्यही छालामा लगाउनाले छाला कोमल बन्छ । राम्रो नतिजाका लागि यसमा बादामको तेल मिसाएर लगाउन सक्नुहुन्छ । 

null

ग्लिसिरीनजाडोमा छालामा चिलाउने हुन्छ । यस अवस्थामा गुलाबमा ग्लिसिरीन मिसाएर हाथ र खुट्टा तथा शरीरमा लगाउनाले चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथै यसले अनुहारमा चम्किालो र मुलायम हुन्छ । 

क्रीम भन्दा राम्रो तेलजाडो मौसममा तपाईले जति क्रीम लगाएपनि छालाको रूखोपना जाँदैन । यस्तोमा तपाई क्रीमको साटो तेल लगाउन सक्नु हुन्छ । राम्रो नतिजा पाउनका लागि तेललाई तताएर लगाउन सकिन्छ । नरिवलको तेल, बादामको तेल प्रयोग गर्न सक्नु हुन्छ । तेल लगाउनाले नङलाई पनि फाइदा हुन्छ । 

सुन्तलाको बोक्राताजा सुन्तलाको बोक्रालाई पिँधेर हाथ र खुट्टामा लगाउनाले छाला कोमल र सुन्दर हुन्छ । हातमा यदी दाग छ भने कागती सबै भन्दा राम्रो हुन्छ । कागतीको बोक्रालाई पिँधेर दागमा भएकाेमा लगाएर बिस्तारै बिस्तारै  रगड्नाले दाग हटाउन सकिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *