५ दिने आवसीय लिबर्टी फिल्म मेकिंग तालिमको सम्पन्न

 

पुस २४, धरान । विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय लिबर्टी फिल्म मेकिंग तालिमको सम्पन्न गरेको छ । 

कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइएको थियो । उक्त तालिममा रत्न ज्योति शाक्य, पुनम गिरि, सुमन राइ, निश्चल राना, बसन्त अधिकारी, सर्वाग्य राज पाण्डे तथा दिपेश भण्डारीले सहजीकरण गरेका थिए भने कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्राट थापाले गरेका थिए । 

null

 

इटहरीको युवा विकाश केन्द्रमा आयोजना गरिएको यस कार्यक्रममा २२ जना सहभागीहरुले सहभागिता जनाएका थिए भने कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइएको थियो, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी समावेस गरिएको थियो । 

दोश्रो चरणमा सहभागीहरुलाइ चार समूहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइएको थियो भने, अन्त्यमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माँझ प्रस्तुत गरिने योजना रहेको छ । 

धरान, इटहरी र बिराटनगरका सहभागी समूहहरुले तयार गरिएका सिनेमालाइ पौष २६ गते बिहिबारको दिन इटहरी जेसिसको प्रांगणमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए । यस्तै धरानका ग्रुपहरुले धरान लाई जोडदै सम सामूहिक विषयलाई समाजमा भईरहेको समस्याहरुलाई जोडदै एउटा सटमुभी तयार पारेका छन् , उक्त मुभी यहि पौष २६ गते ईटहरी को जेसिस हलमा प्रदर्शन हुने छ र उक्त फिल्म प्रतिस्पर्धाको लागि लगिने छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *