कराँतेमा स्वर्ण जित्ने खेलाडीलाई चितवनमा सम्मान
चितवन, १० माघ । भारतको गोवामा आयोजित प्रथम अन्तराष्ट्रिय समुन्द्रीत युद्धकला खेल अन्तर्गत गोजु–रियो कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोलीलाई आज चितवनमा सम्मान गरिएको छ । चितवनको मङ्गलपुरमा रहेको जापान गोजु–रियो कराँते डो केन्वाकाई शाखाबाट प्रतियोगितामा सहभागी खेलाडीहरु सम्मानित भएका हुन् ।
सात देशका ३५० खेलाडी सहभागी भएको खेलमा १० स्वर्णसहित १७ पदक प्राप्त गर्दै नेपाल पहिलो भएको थियो । जनवरी १७ देखि २० सम्म भारतको गोवामा भएको प्रतियोगितामा नेपालबाट गोजु–रियो करातेमा सहभागी सातै जना खेलाडीले पदक प्राप्त गरेका छन् ।
null
नेपाली टोलीका प्रमुख प्रशिक्षक राजु पौडेलका अनुसार सो प्रतियोगितामा नेपालले बक्सिङमा समेत थप दुई स्वर्ण पदक प्राप्त गरेको छ । कराते र बक्सिङ प्रतियोगितामा सहभागी भएका नौ जना खेलाडीले १९ वटा पदक प्राप्त गरेकाले खेलाडीका साथै प्रशिक्षकलाई नारायणगढमा सम्मान गरिएको हो ।
प्रतियोगितामा नेपाल, भारत, इरान, अफगानिस्तान, संयुक्त अरब इमिरेट, बङ्गलादेश तथा साउदी अरेबीयाका खेलाडीहरु सहभागी थिए ।
सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपालमा खेलको माध्यमबाट पर्यटकहरु भित्र्याउन सकिने बताए । खेलाडीको भविष्य उज्जवल रहेको उल्लेख गर्दै प्रधानले खेलकुदको विकासका लागी सरकारले सहयोग गर्नुपर्ने बताए ।