नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

 

पुस २२, काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । 

पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको एमडी नियुक्त भएका हुन्। खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई नियुक्त गरिएको हो । 

null

नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत छन् । 

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। 

आवेदन दिएकाहरु मध्येबाट अन्तिम तीन जनाः डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *