सास गन्हाउँने समस्याबाट यसरी छुटकारा पाउँनुहाेस्

 

पुस २३ । सास गन्हाउँने समस्याबाट धेरै जना पिडित छन् । कसैले दिनानु ब्रस गर्दा पनी सास गन्हाउँने हुन्छ । अझ कसै–कसैको त दिनमा ३/४ चोटी ब्रस गर्दा पनी सास गन्हाउँने हुन्छ । सास गन्हाउने समस्या भएका व्यक्ति अरु व्यक्तिसँग बोल्दा पनि मुख हातले छोपेर बोल्नुपर्ने हुन्छ । 

कतिपय ठाउँ हामीले बोल्दा सास गन्हाएमा अपमान पनी झेल्नु पर्ने हुन्छ । सास गन्हाइ हालेमा तत्कालको लागि दुर्गन्ध आउन नदिन माउथ फ्रेसनरको प्रयोग गर्न पनि सक्छौ तर यसरी माउथ फ्रेसनर प्रयोग गर्दा साइड इफेक्ट पनि हुन सक्छ । सास गन्हाउँन नदिन प्रसस्त पानी पिउनु, नियमित दाँत माझ्नु तथा व्यायाम र सन्तुलित भोजन गर्नु यदी यसाे गर्दा पनी भएन भने केही घरेलु उपायहरु तल दिएको छ । 

null

–  पुदिनाको पात पनि प्राकृतिक माउथ फ्रेसनर हो, जुन मुखको दुर्गन्ध हटाउन निकै प्रभावकारी हुन्छ । पुदिनाको पातको नियमित सेवन आवश्यक हुन्छ । 

–  सुकमेल भोजनपछि तपाइँले एक सुकमेलको गेडा खाने बानी बसाल्नुहोस् । 

– अम्बा तथा अनारको नियमित सेवन पनि स्वासलाई स्वच्छ राख्न तथा पाचनप्रणालीलाई नियमित गर्नमा प्रभावकारी हुने बताइएको छ । 

– तपाइँले सास गन्हाउने समस्या हटाउन झण्डै आधा घण्टासम्म एक गेडा सुकमेल मुखमा राखेर विस्तारै चपाइरहन सक्नुहुन्छ । 

– धनियाको पात भोजनपछि धनियानको पात चपाउने गर्दा पनि तपाइँको सास फ्रेस हुन्छ र सासको दुर्गन्ध हट्छ । 

– ल्वाङ वास्तवमा सासलाई स्वच्छ बनाउन वा सुगन्धित पार्न तपाइँ हामी धेरैले ल्वाङ सुकुमेल चपाउने गर्छौँ । ल्वाङ सर्दी भगाउन पनि उपयोगी हुन्छ । 

– सौँफ यो पनि सासको दुर्गन्ध हटाउन निकै कामयावी हुन्छ र लामो समयसम्म काम गर्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *