‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ’ नायिका स्वेता

 

पुस २२, काठमाडौँ ।  बिहे गरेको एक महिना नै हुन पाउँदा श्रीमान् गुमाएका नायिका स्वेता खड्काको बारेमा बेला बेलामा चर्चा परिचर्चा भईएरहेको पाईन्छ । 

स्वेता हाल फिल्म ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् । आजभोली चलचित्र बजारमा नायिका स्वेता खड्का प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ तर स्वेता याे कुरा स्वीकार गर्दिनन् । उनी भन्छिन्–‘मलाई त प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्छ । यसमा धेरै नबोलौ होला ।’ उनले बिहेको बारेमा अहिले केहि नसोचिएको बताउँछिन् । 

null

स्वेताले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको पुरा अनुभव नै गर्न नपाई बिहे गरकाे छाेटाे समयमा नै श्रीमान् गुमाउनु परेको ले होला उनले प्रेम र बिवाहलाई झुटो संज्ञा दिएकी छिन् 

स्वेताले भन्छिन् –म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । ‘म खुशी छु । आफ्नै तरिकले जीवन बिताई रहेकी छु ।  कस्तो हुन्छ जोडीको जीवन  अनुभव गर्न पाएकी छैन । यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’ उनले यसरी अहिले कसैसँग प्रेममासम्बन्धमा नभएको प्रस्टाएकी छिन् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *