रु ६४ लाख असुली विद्युत् चुहावटबाट

पुस २२ राजविराज ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा करीब ४३ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न बाँकी रहेको जनाएको छ । 

सप्तरीमा गत वर्ष ५०.३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए  उनका अनुसार चालू आवमा ३६ प्रतिशतमा विद्युत् चुहावट झार्ने लक्ष्य रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको छ । 

स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाइ थियो । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकार समेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्बाही गर्न सकिने उनले बताए । 

null

सप्तरीमा यस वर्ष चुहावट नियन्त्रण गर्ने क्रममा राजविराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कञ्चनपुरलगायत ठाउँबाट गरेको अनुगमनले ७५ वटा मिटरमा कार्बाही गरिएको छ । आव २०७५/७६ को साउनदेखि हालसम्ममा सो मिटर कार्बाहीबाट रु १३ लाख ४० हजार १४४ असुली भएको उनले जानकारी दिए । यस्तै हुकिङ नियन्त्रण अभियानअन्तर्गत ४०० जनालाई कार्बाही गरिएको छ । सो कार्बाहीबाट रु ५० लाख ६० हजार १५० असुल गरी ६४ लाख २९४ असुली गरेको प्रमुख साहले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *