विद्यालयमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

 

पुस २२, ललितपुर । ललितपुरको माछापुच्छ्रे विद्यालयमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल, अपरहण तथा जबरजस्ती करणी सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिदै अपराधबाट बच्ने विभिन्न उपायबारे जानकारी दिनुको साथै कुनै पनि अपराध हुन एउटा प्रकृया हुने भएको चर्चा गर्दै उनले यस्ता अपराधिक क्रियाकलाप हुन नदिन प्रहरी सदैव सक्रिय रहेको बताए । 

null

माछापुच्छ्रे स्कुलका प्रिन्सिपल सम्पूर्ण देवापातेले उक्त कार्यक्रममा धन्यबाद ज्ञापन गर्नुका साथै महानगरिय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक रबिन्द्र बहादुर धानुक ललितपुर उपमहानगरपालिकाक वाड न्र १३ का वडा अध्यक्ष राम कुमारी लिम्बू , माछापुच्छ्रे विद्यालयका कार्यकारी प्रमुख डा. बिनोद प्रसाद यादव लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए । 

उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक संचारकर्मी एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो विद्यालयका सिईओ यादवले कार्र्यक्रममा बोल्दै विद्याथी अनुशासीत र मर्यादीत राख्न तथा देशमा शन्ति सुरक्षाको अनुभूती दिलाउँदै विद्यालय तहमै विद्यार्थीहरुलाई अनुशासीत र उनिहरुलाई साईबर क्राईम सम्वन्धि सम्पूर्ण कुराको जानकारी दिन पनि यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *