कलकल ग्रुपले ल्यायो सर्वगुण सम्पन्न आलसको तेल

 

पुस २१, काठमाडौं । आम नेपालीले दैनिक भान्सामा प्रयोग गर्ने तेलको गुणस्तर सदैव कमजोर छ । स्वदेश कै उत्पादन हुन वा विदेशी ब्राण्डका उच्चस्तरीय भनेका खाने तेल, मानव स्वास्थ्यका लागि हानीकारक नै देखिएको छ । 

अहिले बजारमा उपलब्ध विभिन्न ब्राण्डका तोरी र सोयाविनका तेलहरुमा अत्याधिक मात्रामा रसायनिक पदार्थ समेत प्रयोग गरेको विभिन्न सर्वेक्षणले पुष्टि गर्दै आएको छ । विश्व स्वास्थ्य संगठन (W.H.O) ले आलस लाई ‘सुपर स्टार फूड’ को दर्जा दिएको छ। आयुर्वेदमा आलसलाई ‘दैविक भोजन’ भनिएको छ। आलस गर्भावस्था देखि वृद्धावस्था सम्म सबैको लागि फाइदा जनक छ। 

null

भान्सामा नभई नहुने तेलका सन्दर्भमा हामी उपभोक्ता समेत सचेत नभएको अवस्थामा कलकल ग्रुप प्रा.लिले सर्वगुण सम्पन्न आलसको तेल बजारमा ल्याएको छ । जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरुको समेत दावि छ । 

खाद्य विज्ञ केपी लम्सालका भनाई अनुसार मानिसलाई अधिकांश रोग अस्वस्थकर खाद्यान्नका कारण लाग्ने गर्दछ । त्यसमा अस्वस्थकर तेलका कारण हाम्रो शरीरको महत्वपूर्ण अंग मुटु सबैभन्दा बढि सम्पर्कमा रहने भएकोले मुटु स्वस्थ राख्नका लागि स्वस्थकर तेलको प्रयोग अपरिहार्य हो । 

‘मिसावट गरिएका सहि तरिकाले उत्पादन, भण्डारण र वितरण नगरिएका तेलले सामान्य देखि गम्भिर प्रकारका असरहरु देखा पर्न सक्छन्, स्वस्थ तेलको प्रयोग नगर्दा रक्तनलीमा गएर जम्मा हुन जान्छ र त्यसले बोसोको रुप लिन्छ । र, त्यसले रक्त सञ्चारमा समेत असर पार्दछ ।’ 

हो, लम्सालले भने जस्तै स्वस्थ तेल प्रयोग गरेको खण्डमा मुटु सम्बन्धि लाग्ने धेरै रोगका संक्रमण रोक्न सकिन्छ । त्यसमा आलसको तेल अन्य तेलको तुलनामा बहु उपयोगी सिद्ध भएको छ । 

‘आलस आफैंमा एउटा स्वस्थ खानेकुरा हो, आलसको प्रयोगबाट धेरै प्रकारका फाइदाहरु हुन्छन्, विशेष गरी मधुमेहका रोगीका लागि, तौल घटाउनेहरुका लागि, रगतमा कोल्स्ट्रोलको मात्रालाई सन्तुलित बनाउनका लागि आलसको प्रयोग अत्यन्त फाइदाजनक छ ।’ खाद्य विज्ञ लम्साल भन्छन् । 

 

अन्य तेलको तुलनामा आलसको तेलको मुल्य बढि भएपनि मानिसको शारिरीक र मानसिक विकासका लागि आलसको तेल बहुउपयोगी भएको प्रमाणित भएको छ  

हुन त हाम्रो देशमा आलस सर्वसुलभ छैन, त्यसमाथि आलसको तेल सर्वसुलभ हुने कुरापनि भएन । तथापि, हामी आफ्नो स्वास्थ्य प्रति सचेत हुने हो भने, अन्य तेल प्रयोग गर्नुभन्दा आलसको तेल अनिवार्य प्रयोग गर्न आवश्यक छ । विश्वका धेरै विकसित देशहरुले आलसलाई औषधिका रुपमा प्रयोग गर्न थालेको धेरै भइसक्यो । 

‘२४ क्यारेट सुनको दाम ९ क्यारेटको सुनको मुल्यमा पाउन नसके जस्तै, अन्य तेलको तुलनामा आलसको तेलको मुल्य बढि भएपनि मानिसको शारिरीक र मानसिक विकासका लागि आलसको तेल बहुउपयोगी भएको प्रमाणित भएको छ । हामीले बजारमा ल्याएको आलसको तेल गुणस्तरयुक्त र स्वच्छ रहेको छ ।’ कलकल ग्रुप प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत करुण पराजुली भन्छन् । 

 

आलसको ४२ प्रतिशत तेल मध्ये ५५ प्रतिशतमा ओमेगा ३ हुन्छ जसले कोलेस्टेरोल नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।हेल्थ क्यानाडा र फूड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन अमेरिकाले आलसले कोलेस्टेरोल घटाएर मुटुसम्बन्धी रोग न्यून गर्ने प्रमाणित नै गरेको छ । 

आलसमा लिगनिन एण्टी अक्सोडेन्ट (ट्युमर रोक्ने गुण) हुने विभिन्न अध्ययनहरूले प्रमाणित गरेका छन् । 

आलसमा तिलभन्दा करीब ४७ गुणा र लसुनभन्दा ६०० गुणा बढी लिगानिन पाइन्छ । प्रोस्टेट, स्तन, फोक्सो र कोलन क्यान्सरका विरुद्ध लिगनिन निकै प्रभावकारी छ । 

ओक्लाहोमा स्टेट युनिभर्सिटीले गरेको अध्ययनमा ४५ वर्ष पुगेका महिलाहरूमा हड्डी खिइने समस्या विरुद्ध आलस निकै प्रभावकारी हुने देखिएको छ । 

बालबालिकाको हड्डी बन्न र वृद्धवृद्धाको हड्डी मजबूत पार्नमा पनि आलस उपयोगी पाइएको छ । 

मधुमेह, मिर्गौला रोग, हार्मोनको समस्या, थकान आदिमा पनि आलस धेरै उपयोगी भएको विभिन्न अध्ययन–अनुसन्धानहरूले पुष्टि गरेका छन् । 

आलसमा भिटामिन वि हुन्छ । आलस छाला र कपालको लागि स्वस्थकर छ । यसले कपाल चम्किलो र बलियो, कम झर्ने बनाउँछ र छालामा फुस्रोपना घटाउँछ । 

आलसमा पाइने ओमेगा–३ एएलए फ्याट्टी एसिड आँखाको लागि पनि राम्रो हुन्छ । आँसु कम भएर आँखा सुख्खा हुने र पोल्नेहरुको लागि ओमेगा–३ को सेवन वरदान हो । 

आलसको सेवनले पाचनक्रियामा सघाउँछ र कब्जियतलगायत पाचनसम्बन्धी समस्यालाई समाधान गर्छ । 

‘जर्नल अफ क्लिनिकल क्यान्सर रिसर्च’ मा प्रकाशित रिपोर्ट अनुसार आलसले स्तन क्यान्सरको जोखिम घट्न सक्छ, किनकि यसले ट्युमरको वृद्धिमा कमी ल्याउँछ । 

जर्नल अफ न्युट्रिसन अनुसार आलसमा पाइने लिग्नान्स्ले पाठेघर क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।आलसको सेवनले शरीरको तौल पनि घटाउँछ । किनकि यो खाँदा चाँडै भोक लाग्दैन, जसको कारण धेरै खाइन्न । 

आलसमा पाइने लिग्नान्सको इस्ट्रोजेनिक गुणले महिलाहरुको महिनावारीलाई नियमित बनाउन मद्दत गर्छ । 

हेर्नुहाेस भिडियाे 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *