सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

 

माघ ३, खार्तुम । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिएका छन् । 

प्रदर्शनका आयोजकहरुले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई गाउँगाउँबाट ल्याइरहेका छन् । सुडानका अरु शहरहरुमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् । 

null

मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ । 

राष्ट्रपति बासिर सन् १९८९ देखि सुडानको राष्ट्रपतिमा छन् । सुडान विज्ञहरुका अनुसार यसपटक राष्ट्रपति बासिरमाथि सबैभन्दा ठूलो चुनौती खडा भएको छ । 

खार्तुम प्रदर्शनमा सहभागी २८ वर्षीय अदेल इब्राहिमले वर्तमान सत्ता परिवर्तन नहुँदासम्म प्रदर्शनमा सहभागी भइरहने बताए । ‘हामीहरु हाम्रो भविष्य र हाम्रो राष्ट्रको भविष्य सुरक्षित राख्न प्रदर्शन गरिरहेका छौं ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *