चेल्सीले न्युकासल युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २ – १ गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन पेड्रो र विलियनले एक एक गोल गरे । न्युकासलका क्लार्कले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा खेलको नवौं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

खेलको ४० औं मिनेटमा न्युकासलका क्लार्कले गोल गरेपछि पहिलो हाफको खेल १ – १ को बराबरीमा सकियो । दोस्रो हाफमा चेल्सीका विलियन चम्किए । खेलको ५७ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २ – १ को महत्वपूर्ण जित दिलाए । 

null

जितसंगै चेल्सीले २२ खेलबाट ४७ अंक जोडेको छ । चेल्सी लिगको चौथो स्थानमा छ । पराजित न्युकासल १८ अंकसहित रेलिगेसन जोनमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *