महिला टि–२० स्म्यास क्रिकेटको उपाधि थाइल्याण्डलाई, नेपाल ७० रनले पराजित

 

माघ ५, काठमाडौं । थाइल्यान्डमा जारी महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगीताको उपाधि थाइल्याण्डले जितेको छ । केहीबेर पहिले सकिएको फाइनलमा नेपाललाई ५१ रनमा अलआउट गर्दै थाइल्याण्डले उपाधि जितेको हो । यसअघि सबै खेल जितेको नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भयो । 

टस जितेर पहिले बलिङ्ग रोजेको नेपालले १२२ रनको लक्ष्य पाएको थियो। नेपालका लागि पुर्व कप्तान नेरी थापामगरले १७ रन बनाउनु बाहेक अरुको सम्झन लायक प्रदर्शन रहेन ।नेपाल १७ दशमलव २ बल खेल्दै ५१ रनमा अलआउट भयो। थाइल्यान्डकी सुलिपोर्न लाओमिले ३ विकेट हात पारिन्। 

null

नेपाली टोलीले पहिलो विकेट लिनका लागि नै १७ औं ओभरको अन्तिम बलसम्म पर्खनु परेको थियो। २७ रन बनाएकी चाइचाइ रनआउट हुनु बाहेक नेपालले अरु विकेट हात पार्न नसक्दा २० ओभर खेल्दा थाइल्याण्डले १ विकेटको क्षतिमा १२१ रन बनायो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *