नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जना छानिए

 

पुस २०, काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस गरिएको छ । 

प्रबन्ध निर्देशक पदका लागि ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको हो । 

null

कामिनी राज भण्डारीको बर्खास्तपछि रिक्त भएको सो पदमा छानिएका तीन जनामध्ये एक जनालाई छनोट गरी नियुक्त गरिनेछ । 

अधिकारी र पहाडी अहिले पनि टेलिकममा कार्यरत कर्मचारी हुन् भने आचार्य यसअघि पनि टेलिकमममा प्रबन्ध निर्देश्ककका रुपमा काम गरिसकेका व्यक्ति हुन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *