सहकारीले पर्यटन र जडिबुटीका क्षेत्रमा काम गर्नुपर्नेः अर्थमन्त्री

 

पुस २६, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा बिहिबारदेखि काठमाडौंमा सहकारी उद्यम प्रर्वद्धन राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ ।  

गोष्ठीको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरे । सो अवसरमा उनले सरकारले कृषि क्षेत्रमा जाने अनुदानको पुनः मुल्याकन गरिरहेको बताउँदै अब सहकारीमार्फत सो अनुदान दिने व्यवस्था गर्न लागेको बताए । सो अवसरमा मन्त्री डा. खतिवडाले सहकारीले पर्यटन, जडिबुटीलगायतका क्षेत्रमा समेत काम गर्नुपर्ने धारणा राखे ।  

null

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्न अभियानकर्मीले आ आफ्नो स्थानबाट लविङ गर्नुपर्ने धारणा राखे । बडालले चैत २० गतेसम्मका लागि स्थानीय तहसँग लविङ गर्ने कार्यलाई प्राथमिकतामा राख्नसमेत सहकारीकर्मीलाई आग्रह गरे ।  

 

उद्घाटन कार्यक्रममा महासंघका सल्लाहकार डा हरिकृष्ण उपाध्याय, महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, राष्ट्रि सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, रजिष्ट्रार शिवकुमार कार्कीले समेत मन्तब्य राखेका थिए ।  

बिहिबारको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी उद्यमशिलता प्रवद्र्धनका लागि विद्यमान कानुनी व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गरे । यसको अध्यक्षता महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले गरेकी थिइन् । 

त्यसैगरि महासंघका सल्लाहकार तथा पूर्व मन्त्री गणेश शाहले उद्यमशीलता विकासमा नविन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गरे । त्यसैगरि मानव चेतना एवं योग विज्ञान विशेषज्ञ डा. राजु अधिकारीले व्यवसायिक सफलताको लागि सकारात्मक सोचको विकास विषय कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *