म्यानपावर सञ्चालक तामाङविरुद्ध १९ करोड बढीको करछली मुद्दा

 

पुस २०, काठमाडौँ । स्काई ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक बलबहादुर तामाङविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा उक्त म्यानपावरले राजश्व छली गरेको भटिएपछि सञ्चालक तामाङविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए । 

null

तमाङविरुद्ध विभागले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी विगो रकम र १३ करोडभन्दा बढी जरिवानासहित ३ वर्षको कैद हुनुपर्ने भन्दै मुद्दा दर्ता गराएको हो । 

तामाङले वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएको अदालतमा दर्ता गरिएको मुद्दामा भनिएको छ। 

तामाङले साउदी, कतार, मलेसिया र बहाइन, दुबईका क्यारिफोर, म्याकडोनल्स लगायतका कम्पनीहरुमा कामदार पठाउँदै आएका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *