बालविवाह गर्ने भारतीय नागरिकलाई पाँच हजार जरिवानासहित एक वर्ष कैद

पुस २०, सप्तरी । बालविवाह गरेको आरोपमा एक भारतीय नागरिकलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ । 

शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुन भनिने निसरुल मियाँलाई सप्तरी जिल्ला अदालतले सो सजाय दिएको हो । 

भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 

null

आरोपीले छिमेकी मुलुक भारतमा पुर्याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै बालिकाका बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *