प्रशिक्षकको बर्खास्तीपछि म्यान्चेष्टर युनाईटेडको लगातार चौथो जित

एजेन्सी । प्रशिक्षकको बर्खास्तीपछि म्यान्चेष्टर युनाईटेडले लगातार चौथो जितईङ्लिस प्रिमियर लिग फुटबलमा लगातार जित निकालेको छ । बुधबार राति भएको खेलमा उसले न्युक्यासल युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोमेलु लुकाकुले पहिलो टचमै गोल गर्दै म्यान युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले खेलको ६४ औ मिनेटमा क्लबलाई अग्रता दिलाएका थिए । ८० औ मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

प्रशिक्षकमा आएपछि लगातार चार लिग खेल जित्ने आले गुनर सोल्सायर क्लब ईतिहासका दोस्रो प्रशिक्षक बने । उनको नेतृत्वमा म्यान युनाईटेडले लगातार चौथो खेलमा जित निकालेको हो । 

null

जितपछि म्यान युनाईटेड ३८ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । न्युक्यासल रेलिगेशन जोन भन्दा तीन स्थान माथि छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *