रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना र २३ महिनाको जेल सजाय

काठमाडौं । कर छलीको आरोपमा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले १८.८ मिलियन पाउण्ड जरिवाना तिर्ने भएका छन् । 

स्पेनको एक अदालतले रोनाल्डोलाई १८.८ मिलियन पाउण्ड जरिवाना गरेको हो । अदालतले जरिवानाको सजाय सुनाउदा रोनाल्डो अदालतमा उपस्थित भएका थिए । रोनाल्डो जरिवाना तिर्न समेत राजी भएका छन् । रोनाल्डोका वकिलका अनुसार रोनाल्डोले अदालतमा अन्जानमा स्पेनिस कानुन नबुझ्दा कर छलीको घटना भएको बताएका थिए ।  

यस्तै रोनाल्डोलाई अदालतले २३ महिनाको जेल सजाय समेत तोकेको छ । तर, रोनाल्डोले जेल भने बस्नु नपर्ने भएको छ । स्पेनको कानुन अनुसार हिंसात्मकबाहेकका २ बर्ष भन्दा कम जेल सजायका अभियुक्तले जेलमा बस्नु पर्दैन । 

null

पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो । रियल मड्रिडमा रहदा ३३ वर्षिय रोनाल्डोमाथी साढे १३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप  लागेको थियो ।  

रोनाल्डोलाई विभिन्न समयमा तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप स्पेनिस कर अधिकारीले लगाएको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *