चितवनमा पहिलोपटक मिनी म्याराथन प्रतियोगिता हुँदै

 

पुस २७, चितवन । लायन्स क्लब अफ वागेश्वरीले ‘मधूमेह सचेतनाका लागि दौड’ भन्ने नाराका साथ चितवनमा पहिलोपटक मिनी म्याराथन प्रतियोगिता गर्न लागेको छ । 

भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक क्लबले लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सव पारेर भोलि पौष २८ गते प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रमका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । भरतपुरको गेष्ट हाउस चौरबाट सुरु हुने दौड हाकिमचोक, पारसनगर, चोकबजार, प्रेमबस्ती, नारायणपुर हुँदै गेष्ट हाउस चौरमा आइ समापन हुने समेत संयोजक श्रेष्ठले जानकारी दिए । 

null

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः ४० हजार, २५ हजार, १५ हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । निर्धारित दूरी २१ किलो मिटर सफलतापूर्वक पार गर्ने हरेक प्रतियोगी लाई एक हजार रुपैयाँ दिइने आयोजकको भनाइ छ । प्रतियोगितामा १८ वर्षमाथिका महिला र पुरुषले भाग लिन सक्ने छन् । 

कार्यक्रममा राष्ट्रिय स्तरका धावकहरु को सहभागिता रहने लायन्स क्लब अफ वागेश्वरीका अध्यक्ष जिवराज अधिकारीले जानकारी दिए । प्रतियोगीतामा ३०० जना भन्दा बढी धावकले सहभागिता जनाउने अध्यक्ष अधिकारीले बताए । 

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा महिला धावकहरुको सहभागिता रहने छ । मिनी म्याराथनमा भाग लिने प्रतियोगीहरुलाई जनही एक लाख रुपैँयाको बिमाको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *