युएईद्वारा नेपाललाई १ सय ५४ रनको लक्ष्य

 

माघ १७, काठमाडौं । घरेलु टोली युएईले पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । 

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । 

null

युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले भने अनवर ५९ मा आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२, मोहमद बोताले अविजित २० रन बनाए भने कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए । 

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपालमीले का १–१ विकेट लिए । 

घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल टी–२० सिरिज समेत जित्ने लक्ष्यमा रहेको छ । सोमबार युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय सिरिज २–१ ले जित्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हात पारेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *