“मिस इकलेज २०१९” को आवेदन फारम खुल्ला 

 

पौष १९, काठमाडौं । बिभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी गराएको छ । 

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताए । कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनले बताए । 

null

बिगत १० वर्षदेखि काठमाडांैमा रहेर बिभिन्न सामाजिक साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो नवाै चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा बिभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । ‘Student’s personality education and beauty’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ । 

उक्त कार्यक्रमको लागि सहभागिताको लागि माघ तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उक्त प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा फाल्गुनको अन्तिम साता राजधानीमा सम्पन हुनेछ । प्रतियोगिताका बिजेताले “मिस ईकलेज २०१९” कोे ताज उपाधी सहित सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाको लागि अष्ट्रेलियाको लागि छात्रावृत्ति पाउँने छिन भने वाली भ्रमण गर्नको लागि हवाइ टिकट पाउँने छिन् साथै अन्य गिफ्टहयाम्पर पाउँने छन । 

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइलफोन तथा अष्ट्रेलियाको लागि छात्रावृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउँने छिन भने अन्य बिभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्ने छिन् । यस बाहेक अन्य बिभिन्न २० विधामा पनि बिजेता छनौट गरिनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *