स्वास्थ्य र सौन्दर्यको दृष्टिकोणले घ्यू कुमारी बरदान सरह

 

पुस २५ । घ्यू कुमारी हाम्रो घरआँगनमा सजिलै पाईने बनस्पती हो । यो स्वास्थ्य र सौन्दर्यको दृष्टिकोणले धेरै फाईदाजनक छ । घ्यू कुमारीलाई आयुर्वेदमा संजिवनी पनि मानिन्छ । यसमा मानव शरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्ले मानव स्वास्थ्यमा निकै नै फाइदा पुर्याउँछ । 

घ्यु कुमारीले बिभिन्न प्रकारको रोगहरु निको पार्न मदत गर्दछ अझ पाइल्सका रोगीहरुलाई घ्यू कुमारी अचुक औषधी हो । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने शीतलता प्रदान गर्छ । घ्यू कुमारीका यस्ता धेरै फाईदाहरु छन् । केही फाईदाहरु तल दिएका छन् 

null

घ्यु कुमारीका फाइदाहरु 

– घ्यु कुमारीमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ । जस्ले रगतको कमी हटाएर रोग प्रतिरोधक क्षमता बढाउँदछ । 

–  घ्यु कुमारीको काँडादार पातलाई ताछेर यस्को रस निकाल्ने गरिन्छ । तीन चार चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा फूर्ती रहन्छ । 

–  घ्यु कुमारीको जुस पिउनाले कब्जियत रहन्न । 

–  घ्यु कुमारीको जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ । 

–  घ्यु कुमारीको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रुपमा रहने गर्दछ । 

–  घ्यु कुमारीको जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ । 

–  घ्यु कुमारीको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ । 

–  घ्यु कुमारीको जुस पिउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ । 

–  घ्यु कुमारीको जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ । 

–  शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ । 

–  घ्यु कुमारी को जुसले छालालाई नरम र स्वस्थ्य बनाएर राख्दछ । यस्ले स्किनको कोलेजन तथा लचीलेपनलाई बढाएर स्किनलाई जवान र तन्दुरुस्त राख्दछ । 

–  घ्यु कुमारीको जुसको नियमित सेवनले छालाको भित्रीभाग मजबुत हुने गर्दछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *