स्टार खेलाडिलाई बिश्राम दिँदा हार्यो बार्सिलोना

स्पेनिस ला लिगा ‘लिडर’ बार्सिलोनाले कोपा डेल रे फुटबलको शुक्रबार बिहान खेलिएको खेलमा अप्रत्यासित हार ब्यहोरेको छ। कोपा डेल रे अन्तर्गत अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लेभान्टेले घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई २-१ गोलले हरायो। 

बार्सिलोना कोपा डेल रेको साविक विजेता टोली हो। घरेलु मैदानमा खेल सुरु भएको १८ मिनेटभित्रै लेभान्टेले दुवै गोल गरेको थियो। खेलको चौथो मिनेटमै एरिक काबाकोले लेभान्टेका लागि पहिलो गोल गरेका थिए। १८औं मिनेटमा बोर्जा मायोरलले टोलीको अग्रता दोब्बर बनाएका थिए। 

निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि बार्सिलोनाका लागि फिलिप कोउटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए। बार्सिलोनाका खेलाडीले ६३ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाए पनि थप गोल भने गर्न सकेनन्। प्रतियोगिताको दोस्रो लेग खेल आगामी बिहीबार बार्सिलोनाको घरेलु मैदानमा खेलिने छ। 

null

 

बार्सिलोनाले लेभान्टेविरुद्धको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, लुइस स्वारेजलगायतका केही प्रभावशाली खेलाडीलाई मैदानमा उतारेको थिएन। तीन साताअघि खेलिएको घरेलु लिगमा भने बार्सिलोनाले लेभान्टेलाई ५-० गोलले हराएको थियो। उक्त खेलमा बार्सिलोनाका लागि मेसीले ह्याट्रिक गरेका थिए। 

घरेलु लिग तालिकामा भने १८औं चरणको खेलको समाप्तिपछि ४० अंकसहित बार्सिलोना पहिलो स्थानमा आसिन छ। तालिकाको दोस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोना पाँच अंकले अगाडि छ। कोपा डेल रेकै अर्को खेलमा सेभिलले भने जित हात पारेको छ। 

३३ अंकसहित ला लिगा तालिकाको तेस्रो स्थानमा आसिन सेभिलले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा ३-१ गोलले हरायो। सेभिलका लागि नोलिटो, आन्द्रे सिल्भा र विसम बेन एदरले एक÷एक गोल गरे। रियल सोसिएडाड भने रियल बेटिसको मैदानमा गोलरहित बराबरीमा रोकियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *