बिग बासः चौथो खेलमा पनि सन्दीपले लिए विकेट

 

पुस १७, काठमाडौँ । नेपालका युवा स्पीनर सन्दीप लामिछानेले बिग बास लिगमा लगातार चौथो खेलमा पनि विकेट लिन सफल भएका छन् । 

मेलबर्न रेनेगेड्सविरुद्ध जारी खेलमा सन्दीपले दोस्रो ओभरमा ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको मेलबर्न रेनेगेड्सका कप्तान टम कोपरलाई आउट गरेका हुन् । कोपर १० रनमा आउट भए । 

null

सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । यस ओभरमा सन्दीपले ४ रन मात्र खर्चिए । पहिलो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् । पहिलो ओभरमा सन्दीपले ११ रन खर्चिए । 

पहिला ब्याटिङ गरेको रेनेगेड्सले १२ ओभरमा पाँच विकेट गुमाएर ८४ रन जोडेको छ। 

योसँगै प्रतियोगितामा सन्दीपले लिएको विकेट संख्या ८ पुगेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *