पानी टयाङकी हस्तान्तरण कार्यक्रम

 

पुस २४, धरान । बिभिन्न संघ–संस्था, सहयोगी दाता तथा बिभिन्न कार्यक्रमबाट उठेको रकमबाट पानी टंकीमा पानीको अभाव परिपूर्ति हुने भएको छ । 

नेवा सास्कृतिक उत्थान मन्च,नेवा देय दवु जिल्ला परिवार तथा बिभिन्न दाता र संघ संस्थाको सहयोगका साथै साँस्कृतिक नृत्य लाखे, देउसु भैलोबाट संकलन गरिएकाे सहयोगबाट गत २०७२ साल जेठ २ गते बनाएको पानी टंकीमा पानीको अभाव परिपूर्ति हुने कार्य सम्भव भएको हो । बृद्धिकर्णहाङको ऐतिहासिक स्थलको रुपमा चिनिएको धरान १४ बिजयपुर दरबार क्षेत्र अन्र्तगत पञ्चकन्या मन्दिर क्षेत्रमा बि.स. २०७२ सालमा पानी टयाङकी निर्माण गरि एक बर्ष २०७३ सम्म वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफुले शिब झट्टाबाट ल्याईएको पानी दिए पनि २०७३ सालपछि प्रतिष्ठानले सो टयाङकीमा पानी दिन छाडेपछि पानी बिहिन रहेको पानी टयाङकीमा पुन पानीको थोपा परिपूर्ति हुने भएको हो । धरान क्षेत्र भरिका एकमात्र ऐतिहासिक पर्यटकिय क्षेत्र तथा बनभोज स्थलको रुपमा रहेको बिजयपुर ऐतिहासिक दरबारक्षेत्रमा निर्माण गरिएको पानी टयाङकीमा नेवा साँस्कृतिक उत्थान मन्चको समन्वयमा नेवा साँस्कृतिक कला पुन्जले आयोजना गरेको एक कार्यक्रमका बीच धरान वडा नं १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको हो । 

null

२ लाखको लागतमा नेवा सँस्कृति उत्थान मञ्चको समन्वय नेवा देय दवु केन्द्रीय,जिल्ला तथा नगरको सहभागिता र झिगु समाजको सहयोगमा दुई सय मिटर तल सोही क्षेत्रबाट जमिनमा नै उम्रेको पानी पम्पसेट मार्फत तानिएको हो । सो धार्मिक तथा ऐतिहासिक क्षेत्रमा आउने पर्यटक तथा पुजापाठ गर्नै भक्तालुहरुका लागी पानी अति आवश्यक हुने देखिएकाले मञ्चले सो कार्य थालनी गरेको नेवा साँस्कृतिक उत्थान मन्चका बिशिष्ट सल्लाहकार बसन्त कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिर आउँने आगन्तुकहरु पानी बिना कसरी पुजा पाठ गर्नै, भोज भतेर पिकनिक कसरी मनाउने, घुम्न आउँनेहरुलाई शौचालय गर्न समस्या पर्नै अवस्था देखिएकोले यी समाजिक काममा मञ्च अगाडी बढेको बताए । कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै भटटराईले मञ्चले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा आफनो व्यक्तिगत तवर र संस्थागत रुपमा हुन सक्ने सहयोगका लागि आफु निरन्तर लागीपर्ने कुरामा जोड दिएका थिए । 

नेवा सँस्कृति कला पुञ्ज धरान नगर अध्यक्ष श्रीबिका गुभाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका कार्यबाहक अध्यक्ष ममता तमोटको रोहवर र नेवा साँस्कृतिक उत्थान मन्च र कला पुञ्जका संस्थापक अध्यक्ष नबिन किशोर तमोको विशेष सहयोग रहेको थियो, सोही कार्यक्रममा रुद्र राम प्रतिष्ठानका नव निर्वाचित अध्यक्ष सुलोचना ताम्राकारको उपस्थितीमा रुद्र राम प्रतिस्थान परिवारलाई सम्मान पनि गरिएको थियो । 

त्यस्तै कार्यक्रममा रुद्र राम प्रतिष्ठानका अध्यक्ष सुलोचना तमोटले कलाकार भाई बहिनीहरुले गरेको कामलाई मुक्त कण्ठले प्रशंसा गर्दै आफ्नो संस्थाबारे छोटो प्रकास पारेका थिए । कार्यक्रममा नेवाः देय दवु केन्द्रिय सदस्य अनिल मास्के, जिल्ला अध्यक्ष तिर्थ मास्के र मिसा दवु केन्द्रिय सदस्य ईन्दु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *