यसरी आफ्नो अनुहार सुन्दर र गोरो बनाउँनुहोस

 

पुस २३ । आफू सुन्दर र गोरो हुन जो कोहीलाई पनि मन पर्छ । गोरो र सुन्दर अनुहार प्रति जो कोही पनि आकर्षित हुन्छ । सौन्दर्यको मामिलामा पुरुष भन्दा पनि महिला बढी चिन्तित भएको देखिन्छ । उनीहरु आफू गोरो र सुन्दर देखिनुलाई के मात्र गर्दैनन् ? बिभिन्न प्रकारको मंहगो–मंहगो क्रिमहरुको प्रयोग, बिभिन्न औषधीहरुको प्रयोग यसो गर्दा पनी उनीहरु गोरो र सुन्दर हुन सकिरहेको हुँदैन । 

उनीहरुको पैसा मात्र फजुल खर्च भईरहेको हुन्छ । तर केही यस्ता घरेलु उपायहरु हुन्छन् जुन हामीलाई थाहा नै हुँदैन ती घरेलु पाउयबाट पनि हामी सुन्दर र गोरो हुन सक्छौ । केही घरेल उपायहरु तल दिएको छ जस्ले हाम्रो अनुहार सुन्दर र गोरो हुनुको साथै अनुहारमा एक प्रकारको चमक नै ल्याई दिन्छ । 

null

– काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।  

– यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ। 

– शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ। 

– एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ। 

– चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ । 

  

– कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ । 

– एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ । 

– दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ । 

– एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ। 

– छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन। 

– छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ। 

– चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ। 

– टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *