अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

 

माघ ४, बिराटनगर । प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७५ को उपाधि नेपाल आर्मीले उचालेकोे छ ।मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न फाइनल खेलमा भारतको टिमलाई पराजित गर्दै नेपाल आर्मीले उपाधि चुमेको हो । 

समान ६/६ अंक हासिल गरेर फाइनलमा उत्रिएको आर्मीले भारतीय टिमलाई ४०/१३ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा अन्तर्राष्टिय नियम अनुसार बंगलादेश र श्रीलंका तेश्रो भएका छन । 

null

खेल समापनको अवसरमा विजेता र उपविजेता टोलीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश १ का बन तथा वातावरण मन्त्री जगदिश कुसियैतले बिजेता टोलीलाई शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे । गएको पौष २७ गतेबाट मोरङ जिल्ला कबड्डी संघको आयोजनामा पहिलो पटक प्रदेश एकमा प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता आयोजना गरिएको थियो । 

प्रतियोगितामा नेपाल आयोजक टिम सहित नेपाल आर्मी, भारत, बंगलादेश र श्रीलंकाको टोली सहभागी भएका थिए । प्रतियोगिताको उद्घाटन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गरेको नेकपा प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *