चुनाव अगाडी अन्ना हजारेले फेरि सुरु गरे अनशन

 

माघ १६, काठमाडौँ । सामाजिक कार्यकर्ता अन्ना हजारेले फेरि लोकपालको लडाईँँका लागि अनशन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले अनशन सुरु गरेका हुन् । 

अन्ना हजारे आज आफ्नो गाउँ महाराष्ट्रको रालेगण सिद्धिमा अनशन बस्दैछन् । मंगलबार उनले अनशनको घोषणा गर्दै केन्द्र सरकारलाई निशाना बनाएका थिए । उनले लोकपाल कानूनका बारेमा भने, ‘लोकपाल कानून बनेको ५ वर्ष भयो र नरेन्द्र मोदी सरकार ५ वर्षसम्म बहानाबाजीमै लाग्यो । नरेन्द्र मोदी सरकारले केही गर्न चाहन्थ्यो भने यसमा ५ वर्ष लाग्न जरुरी थियो ?’ 

null

अनशनलाई लिएर उठिरहेको राजनीतिक अड्कलबाजीलाई खण्डन गर्दै उनले भने, ‘यो मेरो अनशन कुनै व्यक्ति, पक्ष र पार्टी विरुद्ध होइन । समाज र देशको भलाईको लागि बारम्बार मैँले आन्दोलन गर्दै आएको छु । सोही प्रकारको आन्दोलन हो यो ।’ 

२०११–१२ सालमा अन्ना हजारेको नेतृत्वमा लोकपाललाई लिएर यूपीए सरकार विरुद्ध दिल्लीमा ठूलो आन्दोलन भएको थियो । सोही आन्दोलनका कहीँ व्यक्तिहरु राजनीतिमा सक्रिय पनि भएका छन् । लोकपाललाई लिएर भएको आन्दोलनमा अन्ना हजारेलाई साथ दिने अरविन्द केजरीवाल आज दिल्लीको मुख्यमन्त्री पदमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *