जुनियर फुटबल एकेडेमीका विद्यार्थी र अभिभावकबीच फुट्सल

काठमाडौं, माघ ७ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल) ले एकेडेमीमा रहेका विद्यार्थीहरु तथा उनका अभिभावकबीच मैत्रिपूर्ण फुट्सल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । 

आइतबार सानेपा स्थित ललितपुर फाइभ ए साइट फुट्सलमा सम्पन्न खेलमा करिब २ दर्जनभन्दा बढी विद्यार्थी तथा अधिकांश अभिभावकहरुको सहभागिता रहेको थियो । 

एकेडेमीका संस्थापक तथा प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकलाई एउटै मैदानमा उतार्दा उनीहरुले एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीको लागि समय दिएको जस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । 

null

 

अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त जेएफए नेपाल सन् २०१० मा स्थापना भएको एकेडेमी हो । जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई प्याकेजमा फुटबल ट्रेनिङ गराइरहेको छ । साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत थाइल्याण्ड, चीन लगायतका देशहरुमा समेत पठाइरहेको छ । 

हाल जेएफएले काठमाडौं उपत्यकामा रहेका ३ दर्जनभन्दा बढी विद्यालयमा फुटबल ट्रेनिङ प्रदान गरिरहेको छ भने शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिन बालुवाटार स्थित एक्लेस फुटबल तथा सानेपा स्थित ललितपुर फाइभ ए साइट फुट्सलमा बिहान १० बजेदेखि १२ बजेसम्म ट्रेनिङ प्रदान गरिरहेको छ । साथै जेएफएले अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *