मोहमद सलाहको निर्णायक गोल, लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तालिकामा ७ अंकको अग्रता बनाएको छ । गए राति १३ औं स्थानको ब्राइटनविरुद्ध १–० को जित निकाल्दै लिभरपुलले तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो । 

पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो।मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फर गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । 

 

null

त्यसपछि थप गोल हुन नसके पछि लिभरपुल विजयी भयो । गए रातिनै भएको अर्को खेलमा १५औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलह्याममाथि २–१ गोलको जित निकालेको थियो । फुलह्यामले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता लिए पनि जोगाउन भने सकेन । 

फुलह्यामका लागि एन्ड्यू स्योरलेले गोल गरेका थिए । बर्नलेले दुई गोलनै उपहार पाएको थियो ।२० औं मिनेटमा जोय ब्रोएनले आत्माघाति गोल गरेपछि बर्नलेले खेल बराबरीमा ल्याएको थियो । 

त्यसको ३ मिनेट पछिनै फुलह्यामका डेनिस ओडवेले अर्को आत्माघाति गोल गरेपछि बर्नले २–१ को अग्रता बनायो ।त्यसपछि बाँकी समयमा गोल नभएपछि त्यही आत्मघाति गोलको मद्दतले बर्नले विजयी हुन सफल भयो । 

उता कार्डिफ र हडल्सफिल्ड गोलरहित बराबरीमा रोकिँदा वाटफोर्डले क्रिष्टलमाथि २–१ को जित निकालेको छ ।त्यस्तै साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २–१ को जित निकाल्न सफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *