टोटेनह्यामलाई हराउँदै चेल्सी फाइनलमा, उपाधिका लागि सिटीसँग खेल्ने

एजेन्सी । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति सेमिफाइनलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै चेल्सीले फाइनल यात्रा तय गरेको हो ।  

घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले  टोटेनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।  तर, पहिलो लेगमा चेल्सीले  टोटेनह्यामसंग १-० को हार व्यहोरेको कारण खेल समग्रमा २-२ गोलको बराबरी भयो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।  

पेनाल्टी सुटआउटमा भने चेल्सीले बाजी मार्यो । चेल्सीका सिजर विलियन, सिजर एज्प्लिक्युएटा, जोर्गीन्हो र डेभिड लुइजले पेनाल्टीमा गोल गरे  । तर, पेनाल्टीमा  टोटेनह्यामका इरिक डायर र लुकास मौराले गोल गर्न सकेनन् । उसका इरिक लमेला र क्रिस्तियन एरिक्सनले गोल गरे।  

null

त्यसअघि खेलको २७ औ मिनेटमा एनगोलो कोन्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए  । खेलको ३८ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई २ – ० को अग्रता दिलाए  । खेलको ५० औ मिनेटमा टोटेनहमका फर्नान्डो लोरेन्टले एक गोल फर्काएपछि खेल समग्रमा २-२ को बराबरीमा सकिएको थियो । पहिलो लेगमा चेल्सीलाई टोटेनहमले १ – ० ले हराएको थियो  ।     

अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसंग खेल्नेछ ।  सिटी यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *