पराजित रियल अन्तिम आठमा, बराबरी खेलेको एट्लेटिको बाहिरियो

एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा लेगानेससंग १ – ० गोल अन्तरले पराजित भएपनि रियल समग्रमा ३ – १ को जितसहित अन्तिम आठमा पुगेको हो ।  

लेगानेसको मैदानमा भएको दोस्रो लेगमा पाएको मौका सदुपयोग गर्न नसक्दा रियलले हार व्यहोरेको हो । तर, पहिलो लेगमा ३ – ० को जितले रियल अन्तिम आठमा पुग्न सफल भएको हो । 

लेगानेसलाई जित दिलाउन मार्टीन व्रेथवेटले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए । एट्लेटिको मड्रिड भने जिरुनासंग अवे गोलको आधारमा पराजित हुदा कोपा डेल रे फुटबलबाट बाहिरिएको छ । 

null

 

घरेलु मैदानमा भएको दोस्रो लेगमा ३ – ३ गोलको बराबरी खेल्दै समग्रमा खेल ४-४ को बराबरीमा सकिएपछि अवे गोलको आधारमा जिरुनाले अन्तिम आठको यात्रा तय गरेको हो । 

यस्तै सेभियाले कोपा डेल रे फुटबलको अन्तिम आठमा स्थान पक्का गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा एथलेटिको बिल्बाओसंग १ – ० ले पराजित भएपनि समग्रमा ३-२ को जित सहित सेभिया अन्तिम आठमा पुगेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *