क्रिस्टल प्यालेसमाथि लिभरपुलले संघर्षपूर्ण जित निकाल्यो

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ । 

शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले एक एक गोल गरे । क्रिस्टल प्यालेसका लागि एन्ड्रोस टाउनसेन्ड र जेम्स टमकिन्स र म्याक्स मेयरले समान १ गोल गरे ।  

 

null

घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । ३४औं मिनेटमा एन्ड्रोस टाउनसेन्डको गोलबाट लिभरपुल पहिलो हाफमा पछि परेको थियो । तर, दोस्रो हाफको शुरुमै सलाहले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए । 

५३ औं मिनेटमा रोबर्टाे फिर्मिनोले नेवी केइटाको पासमा गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । ६५औं मिनेटमा जेम्स टमकिन्सले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याएका थिए । 

७५औं मिनेटमा सलाहले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ४–२ ले अघि बढाए । 

 

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सले गोल गर्दै गोल अन्तर कम गरेपनि त्यो खेलमा फर्कन निकै ढिला भैसकेको थियो ।  

खेल सकिन २ मिनेट बाँकी रहँदा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । लिभरपुलका जेम्स मिल्नर दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।  

जितसँगै लिभरपुलले आफ्नो शीर्षता ७ अंकमा पुर्याएको छ । लिभरपुलको २३ खेलबाट ६० अंक पुगेको छ । लिभरपुलाई पछ्याइरहेको म्यानचेस्टर सिटीको ५३ अंक छ । सिटीले एक खेल कम खेलेको छ । लिभरपुलसँग पराजित क्रिस्टल प्यालेस २२ अंक जोडेर १४औं स्थानमा छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *