रोबोटले नै मृत्यपछिको अन्तिम संस्कार गरेपछी
पुस २२ । रीतिथिति तथा धर्म परम्परा अनुसार मानिसहरुले आ–आफ्नै तरिकाबाट मृत्युपछि अन्तिम संस्कारका लागि पुरोहितको साहरा लिन्छन् र कर्मकाण्ड गराउँछन् ।
तर अबको युग रोबोटको युग बन्दै गइरहेको छ त्यसैले मृत्युपछि अन्तिम संस्कारको कर्मकाण्ड गर्न पुरोहित खोज्नुपर्ने छैन । अब रोबोटले नै अन्तिम संस्कारको कर्मकाण्ड गर्ने छन् ।
null
जापानको एक रोबोट कम्पनीले पेप्पर नामक रोबोट बनाएको छ जसले अन्तिम संस्कारको कर्मकाण्ड गर्नेछ । यसले पण्डितले जस्तै श्लोक बाचन गरेर धार्मिक कर्मकाण्ड सम्पन्न गर्नेछ ।
जापानको राजधानी टोक्योमा चलिरहेको विज्ञान प्रदर्शनीमा सफ्टबैंक नामक रोबोटिक्स कम्पनीले पेप्पर नामक रोबोट लञ्च गरेको हो । जुन रोबोटले बुद्ध धर्मका पण्डितको जस्तै पहिरन लगाउँदछ ।
त्यसले सानो ड्रम बजाउँदै मन्त्र तथा श्लोक पढ्दछ । रोबोटले पाको पण्डितले जस्तै विधिपूर्वक अन्तिम संस्कारको कर्मकाण्ड पूरा गर्नेछ ।
जापानमा कुनै बौद्ध धर्मका धार्मिक पण्डितबाट अन्तिम संस्कारको कर्मकाण्ड गराउनका लागि झण्डै २२ हजार अमेरिकी डलर खर्च लाग्थ्यो । तर रोबोटबाट कर्मकाण्ड गर्दा जम्मा साढे ४ सय डलर मात्र खर्च हुन्छ । एजेन्सी