मलेसियाको रोजगारी दुई महिनापछि मात्रै खुल्ने

 

पुस २४, काठमाडौं । गत जेठ पहिलो साता बन्द भएको मलेसियाको रोजगारी खुल्न अझै समय लाग्ने भएको छ । नेपाल सरकारले पहिलेका संस्थामार्फत कामदार पठाउन नमानेपछि मलेसियाले अर्को प्रक्रियाको तयारी गरिरहेको छ । 

मलेसियाको अनलाईन द सन डेल्लीका अनुसार मलेसियाले दुई महिनापछि मात्रै प्रक्रिया पुरा गर्ने र त्यसपछि कामदार भर्ती सुरु हुनेछ । 

null

विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले दुई महिनापछि मात्रै काम सक्ने मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताए । 

राज्यमन्त्री ओमारले हाल रिपोर्टमाथि छलफल भइरहेको बताए। मन्त्री ओमारले विदेशी कामदारका सम्बन्धमा कुनै पनि नीति सोही कार्यदलको सुझावअनुसार तय गरिने र त्यसपछि समस्या समाधान हुने बताए । 

म्लेसिया कामदार पठाउने प्रक्रियामा काम गर्ने भिएलएनविरुद्ध सरकारले दर्ता गरेको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालतमा चलिरहेको छ । मुद्दाको फैसला नभएसम्म ती संस्था मार्फत कामदार पठाउन नसकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले अडान लिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *