वीपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थप

पुस १९, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य सेवालाई सहज र ब्यवस्थित गर्न मेडिसिन विभाग अन्तर्गतका तीन विभागलाई छुट्टै व्यवस्थापन गरेको छ । 

प्रतिष्ठानको मेडिसिन विभागमा विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मेडिसिन विभागलाई तीन विभागमा ब्यवस्थापन गरिएको हो । 

प्रतिष्ठानले मुटु, फोक्सो, पेट सम्बन्धि छुट्टै विभाग बनाएर सेवा सुरु गरेको प्रतिष्ठान अस्पताल प्रशासनले जनाएको छ । भने, विभागहरुको प्रमुख समेत तोकिएको छ । इन्टर्नल मेडिसिनबाट अलग भएको मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । 

null

 

प्रतिष्ठानको कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रलाह्द कार्कीलाई नियुक्त गरिएको छ । भने, उनीसँग सहायक प्राध्यापक डा. प्रसान्त साह, डा. नविन पाण्डे समेत रहेको प्रतिष्ठानका उपकूलपति प्रा.डा. राजकुमार रौनियारले बताए । 

प्रतिष्ठानको पल्मोलोजी विभागमा डा. नरेन्द्र भट्टलाई जिम्मेवारी दिइएको छ । भने, पेट सम्बन्धिको ग्याष्ट्रोइलेक्ट्रोलोजी विभागको प्रमुखमा डा. विक्रम श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यस अघि सबै विभागको प्रमुखमा प्रा.डा. सञ्जीव शर्मा रहेका थिए । जनरल मेडिसिनको विभागीय प्रमुखमा डा. शर्मा यथावत रहेका छन् । 

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले ६ महिना अघि बसेको कार्यकारीणी समितिको बैठकले विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय गरेकोले सोहि अनुरुप विभाग ब्यवस्थापन गरिएको बताए । ‘एउटै विभाग हुँदा विरामीको अत्याधिक चाप देखिने र अस्तब्यस्त हुन्थ्यो । अब मुटुरोग, पल्मोनली र ग्याष्ट्रोइलेक्ट्रोलोजीको छुट्टाछुट्टै विभाग हुँदा उपचारका लागि आउने विरामीलाई समेत सहज हुन्छ ।’ उनले भने । 

प्रतिष्ठानले दिने स्वास्थ्य सेवा अब्यस्थित तथा प्रभावकारी नभएको जनगुनासा आइरहेपछि प्रतिष्ठानले केहि समययता स्वास्थ्योपचारका सेवालाई ब्यवस्थित बनाउने कार्यमा ध्यान दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *