दिल्लीमा कारखानाको पर्खाल भत्कदा ७ मृत्यु, ८ घाईते भत्किदा

पुस २०, नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्किदा सात व्यक्तिको मृत्यु भएको छ । 

यस घटनामा परी अन्य आठ व्यक्ति घाइते भएका छन् । ती घाइतेहरूको दुई वटा छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको बताइएको छ । स्थानीय समयानुसार बिहीबार राति ९ः४५ मा ग्यासको सिलिण्डर विस्फोटको कारण कारखानाको पर्खाल भत्किएको थियो । 

सो घटनापछि प्रहरीले तत्काल उद्धारकार्य शुरु गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उद्धारकार्य शुक्रबार बिहानसम्म पनि जारी रहेको बताइएको छ । प्रहरीले के कति कारण सो घटना भएको यसको अनुसन्धान शुरु गरेको बताइएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *