राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेती
पुस २६, काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाबाट बैंकको अध्यक्षमा के.बी. उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले आफ्ना प्रतिस्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उप्रेतीले तीन हजार चार सय १५ मत ल्याई विजयी हुनु भएका छन् भने उनका प्रतिस्पर्र्धी घिमिरेले दुई सय ३७ मत ल्याएका थिए । त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिस्पर्धी भीमकुमार भण्डारीले पाँच सय १० मत ल्याएका थिए ।
null
चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा केदार मानन्धर, ध्रुवनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा निर्वाचित भएका छन् । मानन्धरले तीन हजार चार सय १३, यादवले तीन हजार एक सय ४३, बजगाईले तीन हजार तीन सय ८२ र देवकोटाले तीन हजार ९८ मत ल्याई विजयी भएका हुन्
यसैगरी निर्वाचन समितिका अनुसार प्रदेश १ बाट महेन्द्र गिरी, प्रदेश २ बाट विश्वनाथ मण्डल, प्रदेश ३ सञ्चालकमा ज्ञानबहादुर तामाङ, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, प्रदेश ५ बाट विजया धिताल, सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् भने महिला सञ्चालक तर्फ सरिता तिम्सिना भट्टराई, पार्वती थापा मगर, अमृता सुब्बा निर्वाचित हुनु भएकी छिन् ।
बैंकको लेखा संयोजकमा लक्ष्मीप्रसाद उप्रेती, लेखा सदस्यमा तारा गुरुङ र मित्रराज दवाडी निर्वाचित भएका छन् । बैंकको निर्वाचनका लागि विद्युतीय मेशिन प्रयोग गरिएको थियो । मेशिनका माध्यमबाट मतदान र मतगणनामा छिटो र सजिलो भएको सञ्चालक रामबहादुर जिसीले जानकारी दिए ।