फरवार्ड माइक्रोफाइनान्सले २० प्रतिशत नगद र २५ प्रतिशत शेयर लाभांस वितरण गर्दै

सुनसरी, पुस २८ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गर्ने भएको छ ।  

संस्थाको गत पौष ६ गते बसेको सञ्चालक समितिको ७६ औं बैठकले स्विकृत गरे अनुसार आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभाशं र २५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।  

संस्थाको भोली बस्ने छैटौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारीत गरेपछि लाभाशं वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले बताए । संस्थालाई उक्त नगद लाभांश र शेयर बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृति जनाइसकेको छ । 

null

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ३०, ०१, ६५,७००/– को २०% ले हुने नगद लाभांश रु ६,००,३३,१४०/– (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।  

संस्थाले नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ३०, ०१, ६५,७००/– को २५% ले हुन आउने रकम रु ७,५०,४१,४२५/– बराबर बोनस शेयरलाई वितरण गर्ने भएको छ । 

संस्थाको छैटौं वार्षिक साधारण सभाको उद्घाटन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गर्ने कार्यक्रम रहेको छ । २०६९ भदौं २८ गते स्थापना भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था मंसिर मसान्त सम्म देशका ३६ जिल्लाका ४२३ गाउँ तथा नगरपालिका २,३३,९१६ विपन्न परिवारमा पुग्न सफल भएको संस्थाकी अध्यक्ष भगवती चौधरीले बताइन् ।  

‘हामीले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सलाई जुन स्पिरिटमा लैजाने उद्देश्य लिएका थियौं, त्यसमा सफल भएका छौं । यसको श्रेय म सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयर सदस्य तथा शुभचिन्तकलाई दिन चाहन्छु ।’ उनले भनिन् ।  

नेतृ चौधरीका अनुसार फरवार्ड लघुवित्त कारोबार गर्ने नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्ये सदस्य वृद्धि आकारमा तेस्रो स्थानमा छ । संस्थाले देशको गरिबी निवारणका लागि समेत योगदान पुर्याएको छ । संस्थाले ग्रामीण भेकमा बसोबास गर्ने, युवाहरु बेरोजगारीको चपेटामा परेका, वित्तीय अवसर नपाएकाहरुलाई विशेष प्राथमिकतामा राखेका काम गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *